kumari
stcnepal

त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङ बीचको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपाल विरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्द गरेको घोषणा गरे ।

खेल रद्ध भएपछि दुवै टिमले १-१अंक बाँडेका छन् । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो । यसअघि फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।

footer