kumari
stcnepal

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार

रौतहट । रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।

मोटरसाइकलमा हतियार सहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा सञ्चालक नितेश साहलाई काउन्टरबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका थिए । गोली साहको कन्चटमा लागेको र उपचारका लागि वीरगन्ज पठाइएको रौतहटका एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केहीबेरमा नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंह रहेका छन् । उनीहरु भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा आएका थिए । प्रहरीले अभियुक्तहरुको साथबाट मोटरसाइकलका साथै लुटिएको रकम र पेस्तोल बरामद गरेको छ ।

footer