kumari
stcnepal

थापाथली बाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारीलाई डेढ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । थापाथली स्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले १ लाख ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ । दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी फागुन ११ मा पक्राउ परेकी थिइन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीलाई डेढलाख धरौटीमा रिहा गर्न आदेश गरेको जिल्ला अदालत काठमाडौँका एक जना अधिकृतले  बताए । प्रसुति गृहबाट २६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो । मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठबाट जन्मिएकी बालिका चोरेकी हुन् ।

footer