kumari
stcnepal

बाँसबारी जग्गा प्रकरणमा बिनोद चौधरी सँग बयान लिइयो

काठमा। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग बयान लिन सुरु गरेको छ ।

आज बिहान बयान दिन चौधरी आफै सीआईबी कार्यालयमा पुग्नुभएको छ । त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उहाँसँग बयान लिन सुरू गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । उहाँसँग बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ । हिजो सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै बाँसबारी जग्गा प्रकरणमा चौधरी माथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिनुभएको थियो । बाँसबारीको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि चौधरीका भाइ समेत रहनुभएका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो । तर, उहाँ अदालतको आदेशबाट रिहा हुनुभइसकेको छ ।

footer