kumari
stcnepal

कृष्ण बहादुर महरा हाजिरी जमानिमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा रिहा हुनुभएको छ ।

उहाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हाजिरी जमानीमा रिहा गरेको हो । उहाँको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै हाजिरी जमानीमा रिहा गरिएको हो । सीआईबीले महराको बुधबार र बिहीबार बयान लिएको थियो ।

महरालाई प्रहरीले चैत ५ गते रूपन्देहीबाट पक्राउ गरेको थियो । गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट भेप मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको थियो । सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसक्नुभएको छ । राहुल हाल पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

footer