kumari
stcnepal

पलको गृहजिल्लामा समिक्षा अधिकारी बहिस्कृत

काठमाडौं । गायिक समिक्षा अधिकारीलाई दाङमा बहिष्कार गरिएको छ ।

हिजो शनिबार फागु पर्वको पूर्वसन्ध्यामा प्राकृतिक कलाकेन्द्र तुलसीपुरले अरनिको मैदानमा आयोजना गरेको कन्सर्टमा समिक्षा बहिष्कृत हुनुभएको हो । समिक्षाको प्रस्तुति हेर्न जम्मा २३ जनाले मात्रै टिकट काटेपछि उहाँलाई आयोजकले स्टेजमै नचढाएका हुन् ।

समीक्षा कन्सर्टमा प्रस्तुति दिन तुलसीपुर आएर मेट्रो होटेलमा बस्नु भएको थियो । दर्शक आउनुहोला र समिक्षालाई स्टेज चढाउँला भनेर आयोजकले कुर्दाकुर्दै साँझ पाँच बजेसम्म जम्मा २३ जनाले मात्रै टिकट काट्नु भएको हो । समिक्षाको प्रस्तुति हेर्न जम्मा २३ जना भएपछि आयोजकले समिक्षालाई स्टेजमै नलगेका हुन् ।दाङ अभिनेता पल शाहको गृहजिल्ला हो । समिक्षाले पललाई बलात्कार आरोप लगाउनु भएको थियो । जसले गर्दा उहाँलाई दङ्गालीले बहिष्कार गरेका आयोजकले जनाएको छ । दाङमा पल निकै लोकप्रिय हुनुहुन्छ । समीक्षा सहभागी कन्सर्टमा दर्शक नआउनु पल माथिको आरोप नै भएको बताइएको छ ।

बलात्कार मुद्वाबाट सफाइ पाएर रिहा हुनुभएका पललाई हेर्न करिब १० हजार दंगाली दर्शकले एक हजार मूल्यको टिकट काटेका थिए । तर, समीक्षा आएको कन्सर्टमा एक सयको टिकट काट्न पनि दर्शक तयार नभएका हुन् ।

footer