kumari
stcnepal

भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ । नेपालले आइतबार खेलिएको फाइनल खेलमा गुजरात क्लबलाई १८ रनले हराउँदै उपाधि चुमेको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रनमात्र बनाउन सक्यो ।

footer