नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष ओलीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन निर्देशन

572
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

नेता रावलले शनिबार राति अध्यक्ष ओलीसँग करिब २ घण्टा गरेको भेटवार्तामा ओलीले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष ओलीसँग रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले बालकोटमा भेटवार्ता गरेका थिए । ‘हामीले विश्वासको मत दिने भनेकै छौँ । तर हामीसँग छलफल नै नगरी उहाँ (मुख्यमन्त्री) विश्वासको मत लिन हतारिनुभएको छ’, रावलले भने, ‘अहिले हामी हतारिने पक्षमा छैनौँ ।’ अध्यक्ष ओलीसँगको छलफलमा समेत ओलीले आफूहरूलाई तत्काल विश्वासको मत दिन सुझाव नदिएको बताए । ‘हिजो अध्यक्ष ओलीसँग छलफल भयो, आज महासचिव शङ्कर पोखरेलसँग पनि कुरा गर्छौ’, रावलले भने, ‘हामी आन्तरिक रूपमा पनि छलफलमै छौ ।’

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले सकारात्मक नभएपछि शनिबारलाई समय सारिएको थियो । तर शनिबार पनि प्रदेश सभा बैठक बस्न नसकेर अनिश्चित कालका लागि स्थगित भयो । शनिबार नै नेता रावल र पाल पनि अध्यक्ष ओली भेट्न काठमाडौँ आएका थिए ।नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी माओवादी, एमाले, नागरिक उन्मुक्ति (रञ्जिता समूह)को सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत लिने समय जेठ ५ सम्म रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports