kumari
stcnepal

गृह मन्त्रालयको धर्म प्रचारमा संलग्न विदेशी नागरिक माथि निगरानी गर्न देशभर सर्कुलर

काठमाडौँ । धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिक माथि निगरानी गर्न देशभर सर्कुलर गरेको छ ।

चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो सर्कुलर गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले  बताए ।

विभिन्न व्यक्ति र संस्थाहरूले गर्ने सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरूमा विदेशी नागरिक सहभागी हुने गरेको र उनीहरूले गैर कानुनी रूपमा धर्मको प्रचार र परिवर्तन गराउने काममा सामेल हुँदै आएको गृह मन्त्रालयको निष्कर्ष छ । त्यस्ता कार्यक्रममा विना प्रवेशाज्ञा समेत हिँडडुल गर्ने गरेको भन्दै उनीहरूमाथि सूक्ष्म निगरानी बढाएर कानुनी कारबाही गर्न मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको छ ।

footer