kumari
stcnepal

माइतीघर देखी नयाँ बानेश्वर सम्मको निषेधाज्ञा हटाइयो

काठमाडौँ – काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्रबाट हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा कायम निषधाज्ञा हटाइएको जानकारी दिएको हो।

गृहमन्त्री रवि लामिछानेले प्रशासनको विज्ञप्ति शेयर गर्दै नयाँ वर्षसँगै तीन सुरुवात गरिएको बताएका छन्।

उनले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको निषेधित क्षेत्र हटाइएको, ठमेल दरबारमार्ग चौबिसै घण्टा खुला गरिएको बताएका छन्। यस्तै, उनले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड भए आन्दोलनकर्ताबाटै क्षतिको भरपाइ गरिने पनि चेतावनीसमेत दिएका छन्।

footer