kumari
stcnepal

कलाकार शिव शंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

सर्लाही । नेपाली काँंग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेका रिजाल ५ सय १३ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

दोस्रोपटक सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाता प्रति आभार व्यक्त गरे । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रुपमा बुझ्न आग्रह गरे ।

‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिष्पर्धा गर्छौं । तर , नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्,’ रिजालले भने ।

footer