kumari
stcnepal

नेपाली बिधार्थीलाई पाकिस्तानको छात्रवृत्ति

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले विभिन्न विद्यालयका विद्यार्थीलाई ‘एम्बेसडर अफ पाकिस्तान स्कलरशिप’ प्रदान गरेको छ । यो वर्ष ११९ विद्यालयका १८० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिइएको छ ।

छात्रवृत्ति दूतावासले सन् २०१३ देखि प्रदान गर्न थालेको हो । १८० जना विद्यार्थीमध्ये उत्कृष्टलाई एक थान ल्यापटप दिइएको छ । छनौट भएका विद्यालयका प्रधानाध्यापकको सिफारिसमा विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ ।

हिजो राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले पाकिस्तान सरकारले नेपालको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘दुई मुलुकबीचको घनिष्ठ सम्बन्धको उदाहरण शैक्षिक क्षेत्रमा प्राप्त सहयोगलाई लिन सकिन्छ । यसले दुबै मुलुकका युवाहरुको अनुभव र दूरदृष्टि आदानप्रदानमा उल्लेख्य सहयोग पुर्याएको छ ।’

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाशिमीले पाकिस्तान सरकार नेपालको शैक्षिक क्षेत्रमा गर्दै आएको सहयोगलाई बिस्तारका लागि तयार रहेको जानकारी दिनुभएको छ । ‘एम्बेसडर अफ पाकिस्तान स्कलरशिप’ पछिल्लो समय निकै लोकप्रिय हुँदै गएको राजदूत हाशिमीको भनाइ छ ।

footer