kumari
stcnepal

टी–२० शृङ्खला : नेपाल ४ विकेटले विजयी

काठमाडौँ । टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।

नेपाल सामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए । खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जितसम्म डोर्‍याए ।

footer