kumari
stcnepal

बानेश्वरमा आज पूर्वप्रधानमन्त्री भट्टराईको सालिक उद्घाटन

काठमाडौं । पूर्वप्रधानमन्त्री स्व-कृष्णप्रसाद भट्टराईको सालिक आज उद्घाटन गरिएको छ । काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित पार्कमा आज नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले सालिक उद्घाट गरेका हुन् ।

त्यस क्रममा बोल्दै नेता सिंहले सन्तनेता भट्टराईको राजनीतिक आदर्श सबैका लागि सिकाइ भएको उल्लेख गरे । कार्यक्रममा स्व। भट्टराईका भतिजा एवं कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका महासचिव विनोद भट्टराईसहितका वक्ताहरूले उनको राजनीतिक जीवनका विषयमा चर्चा गरेका थिए ।

सालिक धनबहादुर याख्खाले बनाएका हुन् । ढलोटबाट निर्माण गरिएको सालिक र यसलाई राख्ने आसनसहित करिब १० लाख रुपैयाँ खर्च भएको काठमाडौं–१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । कार्यकममा काग्रेस का बिभिन्न नेता तथा स्थानिय सर्वसाधारण को उपस्तिथि रहेको थियो ।

footer