सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बानेश्वरमा आज पूर्वप्रधानमन्त्री भट्टराईको सालिक उद्घाटन

429
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री स्व-कृष्णप्रसाद भट्टराईको सालिक आज उद्घाटन गरिएको छ । काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित पार्कमा आज नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले सालिक उद्घाट गरेका हुन् ।

त्यस क्रममा बोल्दै नेता सिंहले सन्तनेता भट्टराईको राजनीतिक आदर्श सबैका लागि सिकाइ भएको उल्लेख गरे । कार्यक्रममा स्व। भट्टराईका भतिजा एवं कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका महासचिव विनोद भट्टराईसहितका वक्ताहरूले उनको राजनीतिक जीवनका विषयमा चर्चा गरेका थिए ।

सालिक धनबहादुर याख्खाले बनाएका हुन् । ढलोटबाट निर्माण गरिएको सालिक र यसलाई राख्ने आसनसहित करिब १० लाख रुपैयाँ खर्च भएको काठमाडौं–१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । कार्यकममा काग्रेस का बिभिन्न नेता तथा स्थानिय सर्वसाधारण को उपस्तिथि रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports