kumari
stcnepal

सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष ओली इलाम पुग्ने

काठमाडौँ । इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन् ।

नेकपा एमालेले मंगलबार दिउँसो इलाममा विजय सभा गर्ने भएपछि ओली इलाम जाने भएका हुन् । इलाम बजारमा दिउँसो हुने सभामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् । इलाम बजारको सभा सकेर नव निर्वाचित संघीय सांसद सुहाङ निर्वाचन क्षेत्रका पालिकाका मतदातालाई धन्यवाद प्रकट गर्न स्थानीय तहमा जानेछन् ।

नेम्वाङ २७ हजार ७७२ मत सहित इलाम २ मा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) तेस्रो हुँदा रास्वपाका मिलन लिम्बुले जमानत जोगाउन सकेनन् ।

footer