kumari
stcnepal

प्रधानमन्त्री बन्न यस्तो छ, सम्वैधानिक व्यवस्था

काठमाडौ । नेपालको संविधान २०७२ को भाग ७ मा संघीय कार्यपालिकाको व्यवस्था गरेको छ । जसमा कार्यकारी अधिकार मन्त्रिपरिषद्मा रहने व्यवस्था गरेको छ । संविधानको भाग ७ को धारा ७६ मा मन्त्रिपरिषद्को गठनको व्यवस्था गरेको छ । उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था गरिएको छ ।

उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्ति प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ । (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिन भित्रमा उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था नभए वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ । (४) उपधारा वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

(५) उपधारा ४ बमोजम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न सक्ने उपधारा २ बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ । (६) उपधारण ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्री विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्रीमा नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिना भित्रमा अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने छ भनिएको भएपनि सर्बोच्च अदालतले सरकार बन्न सक्ने अवस्था रहेसम्म प्रतिनिधिसभा विघटन हुन नसके फैसला गरेको हुनाले संविधान नै गिजोलिएको अवस्था रहेको छ ।

footer