गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इरानी राष्ट्रपति रईसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको सम्भावित स्थान पत्ता लगायो

637
shares

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको सम्भावित स्थान पत्ता लगाएको छ ।

समाचार एजेन्सी अनादोलुका अनुसार टर्कीले राष्ट्रपति रईसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो। एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिन्छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाह्यान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रईसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन् । राष्ट्रपति रईसीको खोजीमा आइतबारदेखि व्यापक अपरेशन चलिरहेको छ ।एजेन्सी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports