kumari
stcnepal

कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथपछि माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री हुने भएका छन् । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो ।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथको तयारी भइरहेको छ । उनको सपथसँगै दुई मन्त्रीको पनि सपथ हुनेछ । एमालेबाट मन्त्री बन्न लागेका मगर इलामबाट निर्वाचित सांसद हुन् । माओवादीका उप्रेती मोरङका सांसद हुन् । दुबै जना यसअघि पनि मन्त्री भइसकेका छन् । दुबै जनाले विनाविभागीय मन्त्रीको सपथ लिनेछन् ।

footer