kumari
stcnepal

कोशी प्रदेशमा मन्त्रिपरिषदको बिस्तार, २ जना विना विभागीय मन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथपछि माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री नियुक्त भएका छन् ।

यस अघि माओवादीबाट दुर्गा चापाँगाईलाई मन्त्री नियुक्त गर्ने तयारी भएको थियो । नव नियुक्त दुवै मन्त्रीहरुले विना विभागीय मन्त्रीको सपथ खाएका छन् ।संबिाधानको धारा १६८(५) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले सानो आकारको मन्त्री परिषद विस्तार गरेका हुन् एमालेबाट मन्त्री बन्न लागेका मगर इलामबाट निर्वाचित सांसद हुन् । माओवादीका उप्रेती मोरङका सांसद हुन् । दुबै जना यसअघि पनि मन्त्री भइसकेका छन् ।

एमाले संसदीय दलका उपनेता मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर, त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषदमा सामेल भएपछि एमालेले सरकार छाडेको थियो । गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए । २६ चैतमा एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले राजीनामा दिएका थिए ।

footer