kumari
stcnepal

ग्लोबल आईएमई बैंकका १६९ नारा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आईएमई बैंकले विभिन्न १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका समुदाय पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने तयारी गरेका युवा, विद्यार्थी, महिला तथा स्थानीयको सहभागिता थियो । बैंकले कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा २ हजार ५ सय, मधेश प्रदेशमा २ हजार, बागमती प्रदेशमा ५ हजार, गण्डकीमा ४ हजार ५ सय, लुम्बिनीमा ३ हजार ५ सय, कर्णालीमा ५ सय र सुदूरपश्चिममा २ हजार ५ सयभन्दा बढी व्यक्तिको सहभागिता थियो ।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा ७७ जिल्लामा रहेका ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

footer