kumari
stcnepal

कोशी प्रदेश विवाद : सर्वोच्चले दिएनअन्तरीम आदेश, पूर्ण सुनुवाइ जेष्ठ ९ गते हुने

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा जेठ ९ गते सुनुवाइको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो । वर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी भएन । अन्तरिम आदेश जारी नभएपछि हालका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कामकाजमा अवरोध नहुने भएको छ ।

footer