kumari
stcnepal

अनलाइन सट्टे बाजिमा २ अर्ब भन्दा बढी कारोबार गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं । अनलाइन सट्टेबाजी माध्यम एक्सबेट, जुवा ३६५, क्रिप्टो लगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना छन् ।

प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराराईले बताए ।

उनका अनुसार, बिनान्स मार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको भेटिएको छ ।कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर ढुंगानालाई सार्वजनिक गरेको थियो ।

 

 

footer