kumari
stcnepal

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि ३३ डिग्री हुने

मुलुकका अन्यत्र भागमाझैँ राजधानी काठमाडौँ उपत्यकाको तापक्रम आज पनि ३३ डिग्री हुने भएको छ । अस्ति २८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रहेको काठमाडौंमा हिजो ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।

आज पनि उपत्यकाको तापक्रम सोही हाराहारीमा रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । मुलुकभर गर्मी बढेको छ । पश्चिम तराईमा तापक्रम बढेर ४० डिग्री माथि पुगेको छ । हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव साथै भारतको विहार वरपरको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारतको राजधानी नयाँ दिल्लीमा हिजो तापक्रम बढेर ५२.३ डिग्री सेल्सियस पुगेको थियो ।

footer