kumari
stcnepal

माओवादी केन्द्र गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश  समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनु भएको छ भने अरु पदाधिकारीहरु भने चुनिएका छैनन् । प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो ।

अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक समेत हुनुहुन्छ । उहाँ अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहनुभएको छ । गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

footer