सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्र गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ

416
shares

पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश  समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनु भएको छ भने अरु पदाधिकारीहरु भने चुनिएका छैनन् । प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो ।

अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक समेत हुनुहुन्छ । उहाँ अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहनुभएको छ । गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports