kumari
stcnepal

धितोपत्र बोडको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन

काठमाडौं । मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले धितोपत्र बोडको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन गरेको छ ।
। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।

यसअघि अर्थमन्त्रालयले गठन गरेको समितिमा विज्ञ सदस्यको रुपमा रहेका प्रा.डा. नारायण प्रसाद पौडेललाई हटाएर उनको ठाँउमा डा. धिताललाई ल्याईएको छ ।

यसअघि बनेको समिति मन्त्रिपरिषदले निर्णय नगरी अर्थमन्त्रालयले मात्रै निर्णय गरेर बनाएको थियो । त्यसलाई नमानेर मन्त्रिपरिषदको निर्णयपछि मात्रै समिति बनाउनु पर्ने भएर अर्को समिति बनेको हो ।८योजना आयोगका उपाध्यक्ष डा .विश्व पौडेलले भने समिति संयोजक आफू नभएको जानकारी दिए ।

footer