kumari
stcnepal

देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने

काठमाडौँ- नेपालमा १० दिनअगाडि नै मनसुन फेलिए पनि अझै देशभर फैलिन सकेको छैन।

आगामी आइतबारसम्म भने देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन लुम्बिनी प्रदेशसम्म पुगे पनि त्यसभन्दा पश्चिमसम्म जान नसकेको मौसमविद्हरुले जानकारी दिएका छन्।

मुलुकको पश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा अझै मनसुन पुग्न नसकेको मनसुनविद्हरुले जानकारी दिए। मौसमविद्हरुका अनुसार आइतबारसम्म भने मुलुकभरि नै मनसुन फैलिनेछ। महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

footer