kumari
stcnepal

निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लाग्यो : गृहमन्त्री रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् । मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

लामिछानेले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताए । उनले भ्रष्टाचारका फाइल खोलेपनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए । उनले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईँहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्‍यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो ।

एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’ लामिछानेले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो भन्दै प्रश्न गरे ।

footer