नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुकुल ढकालले रास्वपाका २७ कमजोरी औँल्याए

884
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सातदिने निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले पार्टीका २७ कमजोरी औँल्याएका छन् ।

ढकालले ३८ जिल्लाको समीक्षा यात्रापछि तयार पारेको आफ्नो प्रतिवेदनमा पार्टीका समस्या र कमजोरीलाई उजागर गरेका हुन् । यात्राका क्रममा भएका समीक्षा बैठकमा पार्टीले ध्यान दिनुपर्ने थुप्रै विषय कार्यकर्ता र जनस्तरबाट समेत उठान भएको भन्दै उनले त्यसमा गर्न सकिने प्रयासका सम्बन्धमा आफ्नो धारणा पनि राखेका छन् ।

१. प्रशिक्षणको अभाव

२.संचार, संवाद, सम्पर्क र समन्वयको अभाव

३. पार्टीका मन्त्री, सांसद र नेतालाई भेट्न पाइएन

४. गुनासो व्यवस्थापन कमजोर

५. केन्द्रीय समिति सदस्य थप्दा वा विभागमा नियुक्ति गर्न स्थानीयस्तरमा सामान्य सोधपुछ पनि भएन

६. बोल्नका लागि चाहिने नियमित खुराक भएन

७. केन्द्रीय नेता खटेनन्

८. कामको मूल्यांकन भएन

९. पार्टीका निर्णयमा सामान्य सोधपुछ समेत गरिएन

१०. सभापतिमाथि नै प्रश्न उठे

११. राइट टु रिकलको प्रावधान कहिले लागू हुन्छ ?

१२. केन्द्रीय नेताकै पार्टी निर्णयविरुद्धको टिप्पणीलाई कसरी लिने ?

१३. नेताहरू सुविधाभोगी भए

१४. दबाब यात्रा र घरदैलो कार्यक्रम कता हरायो ?

१५. धेरै बोलेर बिग्रियो

१६. पार्टीको निर्णय पार्टीकै संयन्त्रबाट जानकारी भएन

१७. उपसभामुख पदको राजनीतिक लाभ लिन सकिएन

१८. पार्टी एनजीओजस्तो भयो

१९. पार्टीभित्र क्वालिटीमा ध्यान दिइएन

२०. विभागहरू क्रियाशील भएनन्

२१. पार्टी काठमाडौँ केन्द्रित भयो

२२. पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान भएन

२३. तड्क भडक कार्यक्रम नगर्ने नीति भुलियो

२४. पार्टीका नेताहरू एनजीओ तथा आईएनजीओको कार्यक्रममा बढी देखिए

२५. पार्टी काम भन्दा बढी आसन र भाषणमा केन्द्रित भयो

२६. अनुशासन आयोगमाथि प्रश्न

२७. संगठनका विषयमा थप प्रश्न

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports