नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति

689
shares

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६२ वर्षीय बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो । संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी र संगठित अपराधअन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । गत शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिएको थियो ।

झालाई नेपाल प्रहरीको टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । पहिले अनुसन्धान हुँदा ठेगाना नखुलेको भन्दै अनुसन्धान नगरिएका झा पक्राउ परेपछि यो घटनामा दोस्रो चरणको अनुसन्धान सुरु भएको प्रहरी अधिकृतहरू बताएका छन् । उनीसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक संलग्नता खुल्ने अनुमान गरिएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports