kumari
stcnepal

गृहमन्त्री लामिछाने विरूद्धको मुद्धा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा परेको छ ।

सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । उक्त दिन हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइको मिति आजलाई तोकिएकोमा आज पनि मुद्दा हेर्दाहेर्दैमा परेको छ । मुद्दाको सुनुवाइ अब भोलि हुनेछ । सर्वोच्च स्रोतका अनुसार अब एकजनाको मात्र बहस बाँकी छ ।

रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाइएको छ । सहकारी ठगी मुद्दामा लामिछानेलाई उन्मुक्ति दिइएको दाबीसहित उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र निलम्बन गरिनुपर्ने निवेदकको जिकिर छ ।

footer