kumari
stcnepal

कांग्रेसको नेकपा एमाले सँगको सत्ता सहकार्यको सहमति बारे विपक्षी दलसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमाले सँगको सत्ता सहकार्यको सहमतिबारे विपक्षी दलसँग छलफल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ आफ्नो निवासमा सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिबारेमा विपक्षी दलका नेताहरूलाई ब्रिफिङ गरेका हुन्  ।

देउवा निवासको छलफलमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी थिए । बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेकाले साथ दिन उनीहरूलाई आग्रह गरे थिए । यादव, लिङ्देन र ठाकुरले सकारात्मक जवाफ दिएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

footer