गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकै दिनमा घुस लिने र अनियमितता गर्ने १५ जनालाई नियन्त्रणमा लियो अख्तियारले

611
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस र काममा अनियमितता भएको भन्ने उजुरीका आधारमा आज एकैदिन फरक-फरक स्थानबाट गरी १५ जनालाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा १५ जनालाई विभिन्न मुद्दामा प्रकाउ गरिएको जनाइएको छ ।

आयोगको विज्ञप्तिअनुसार पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव–इन्जिनियर राजन कुमार भट्टराई र संजय अर्याललाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइगएको टोलीले नियन्त्रणमा लिएको छ । निर्माण कार्य सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीका आधारमा अख्तियारले उनीहरूलाइ प्रकाउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाअनुसार सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याललाई सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर राजिव बस्नेत, सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्यालसमेतको मिलेमतोमा सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १७ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजायसमेत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

यस्तै, आ.व. २०७७/०७८ मा विनियोजित बजेटबाट सिरहाको नवराजपुर गाउँपालिका वडा नं. २ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सव–इन्जिनियर संतोष कुमार यादव र लेखापाल सोम प्रसाद आचार्य पनि प्रकाउ परेका छन् । उनीहरूले फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गरी/गराई वास्तविक काम भन्दा बढीको मूल्यांकन गराई ग्रावेल खरिद तथा ढुवानी समेतको लागि नवराजपुर गाउँपालिकाको नामको सरकारी सवारी साधन प्रयोग गरी उक्त सवारी अन्य व्यक्तिको भनी झुट्टा भरपाईलगायतको कागजात तयार गरेको भन्ने उजुरीका आधारमा प्रकाउ परेका हुन् ।

नगरेको कामलाई भए गरेको भनी झुट्टा बिल भरपाई, नापी किताव, कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि स्वीकृत गरी १२ लाख ७ हजार २ सय ६० रूपैयाँ ४५ पैसा बढी भुक्तानी दिई अमरेन्द्र कुसियैत, कृष्णा साह, संतोष कुमार यादव र सोमप्रसाद आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय गर्न मागदाबी लिइएको छ ।

उपभोक्ता समितिका अध्यक्ष जिवछ कुमार यादव, कोषाध्यक्ष पुनम कुमारी देवी र सचिव रामउदगार मण्डल भन्ने राम उदगार खत्वे मण्डलले गाउँपालिकाबीच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरे अनुसारको लागत अनुमान बमोजिमको कार्य नगरी झुट्टा बिल भरपाई लिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा प्रकाउ गरिएको छ । यस्तै, नवराजपुर गाउँपालिकाको वडा नं. २ का तत्कालीन वडा अध्यक्ष खुशीलाल साहले इष्टिमेट अनुसार कार्य नगरेको कुरा देखाइ रकम भुक्तानी गर्न सिफारिससमेत गरेको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । साथै धनुषाको मिथिला बिहारी नगरपालिकामा आ.व.२०७९/८० मा संचालित वडा नं. ९ को आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रमअन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको भन्ने उजुरीका सम्बन्धमा मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव पनि प्रकाउ परेका छन् ।

यस्तै, मजदूर होजियारी उद्योग, जनकपुरधाम–२ का प्रोप्राइटर राम सुन्दर साह तेली पनि साही मुद्दामा प्रकाउ परेका छन् । राम सुन्दर साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ञ) बमोजिमको कसुर कार्यमा सोही ऐनको दफा २२ बमोजिम मतियारको कसुरमा मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ञ) बमोजिमको कसुरमा विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports