गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

म माधव नेपालको पार्टीमा छुईन : सांसद प्रेम आले

572
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताउनुभएको छ ।

महाधिवेशनमासमेत उपस्थित नरहनुभएका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकरी दिनुभएको हो । असार १६ गतेदेखि सुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाउनुभयो ।

उहाँले भन्नुभयो- ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईँको पार्टीमा रहदिँन भनेको थिएँ । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने बारे अहिले सोचेको छैन् ।’ आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।’

नेकपा (एकीकृत समाजवादी)ले आज सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports