kumari
stcnepal

भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० जना तीर्थयात्रीको निधन 

काठमाडौं । भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० जना तीर्थयात्रीको निधन भएको छ ।

उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रममा मंगलबार घटना भएको हो । हाथरसका स्थानीय अधिकारी आशिषकुमारले ५० देखि ६० जनाको  निधन भएको प्रारम्भिक विवरण आएको जनाएका छन् ।

घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताइएको छ । कयौं महिला तथा बालबालिका अझै हराइरहेका छन् । घटनामा परी घाइते भएका सयौंको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार एक जना कथावाचकको प्रवचन सुन्न हजारौँ भेला भएको ठाउँमा भागदौड भएको थियो । भागदौडको कारण स्पष्ट भइसकेको छैन ।

 

footer