kumari
stcnepal

अशोक राई नेतृत्वका मन्त्रीहरूले आज राजिनामा दिने

काठमाडौं । अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।

जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा बुझाउन लागेकाे हाे । आज साँझसम्म प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने महासचिव मोहम्मद इस्तियाक राईले नेपालप्रेसलाई बताए ।

उनले भने,‘एमालेको निर्णय पर्खिएका थियौं उहाँले राजीनामा दिनुभयो हाम्रो पनि पार्टीले आज बैठक बसेर निर्णय गरेर बेलुकासम्म मन्त्रीले राजीनामा दिनुहुन्छ । हाम्रो साथ नयाँ गठबन्धनलाई रहन्छ । ’ जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन्।

एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । एमालेका मन्त्रीहरुले हिजै प्रधानमन्त्रीलाई भेटेर सामुहिक राजीनामा दिएका छन् । साथै सरकारलाई दिएकाे समर्थन समेत फिर्ता लिएकाे छ ।

footer