विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अशोक राई नेतृत्वका मन्त्रीहरूले आज राजिनामा दिने

780
shares

काठमाडौं । अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।

जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा बुझाउन लागेकाे हाे । आज साँझसम्म प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने महासचिव मोहम्मद इस्तियाक राईले नेपालप्रेसलाई बताए ।

उनले भने,‘एमालेको निर्णय पर्खिएका थियौं उहाँले राजीनामा दिनुभयो हाम्रो पनि पार्टीले आज बैठक बसेर निर्णय गरेर बेलुकासम्म मन्त्रीले राजीनामा दिनुहुन्छ । हाम्रो साथ नयाँ गठबन्धनलाई रहन्छ । ’ जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन्।

एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । एमालेका मन्त्रीहरुले हिजै प्रधानमन्त्रीलाई भेटेर सामुहिक राजीनामा दिएका छन् । साथै सरकारलाई दिएकाे समर्थन समेत फिर्ता लिएकाे छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports