kumari
stcnepal

अविरल वर्षाको कारण सिन्धुली स्थित बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षाको कारण सिन्धुली स्थित बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा लेदो सहितको पहिरो आएर बिपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले जानकारी दिए ।

गोलन्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा माथिबाट ढुङ्गा सहितको लेदो आएर मध्यपहाडी लोकमार्ग दुई तर्फ अवरुद्ध भएको छ । स्थानीय निकायसँग समन्वय गरेर जेसीबी मार्फत पहिरो हटाउने काम भइरहेको डीएसपी खड्काले बताए ।

 

footer