kumari
stcnepal

उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरबाट टेकुमा सर्यो

काठमाडौं । नयाँबानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय आजबाट टेकुमा सरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुस्थित कार्यालयबाट २६ असारमा भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो ।

एसएसपी सानुराम भट्टराईले पूजापाठ गरी टेकुबाट कामकाज सुरु गरेका छन् । भद्रकालीमा नै उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन पनि बनिरहेको छ, तर तयार भएको छैन । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो ।

त्यसपछि सँगै निर्माण थालिए पनि काठमाडौं प्रहरीको भवन बनिसक्दा पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अझै धेरै बाँकी छ । कार्यालयको भवन बन्न अझै एक वर्ष लाग्ने प्रहरी अधिकृतहरुको अनुमान छ ।

footer