kumari
stcnepal

रास्वपाको केन्द्रीय कमिटीको बैठक बस्दै, महामन्त्री ढकाल माथिको अनुशासनको कारबाही बारे छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दै छ । बिहानका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकाल माथिको अनुशासनको कारबाहीबारे छलफल हुने बताइएको छ । पार्टीको अनुशासन आयोगले डा. ढकाल माथिको अनुसन्धानात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।

त्यसबारे सचिवालय बैठकमा छलफल हुनेछ । समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएको बारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन् ।

 

footer