kumari
stcnepal

क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश

काठमाडौँ । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडा विरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।

अर्जेन्टिनाको लागि पहिलो गोल खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए । दोस्रो सेमिफाइनलमा भोलि उरुग्वे र कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेतासँग अर्जेन्टिनाले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ ।

 

footer