kumari
stcnepal

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दै छ । आज बुधबार दिउँसो २ बजे बस्ने गरी दलको बैठक आह्वान भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत बैठकका एजेण्डा रहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छन् ।

footer