kumari
stcnepal

फर्मुल्लाह मन्सुर र राठोर सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। आज भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले डा.शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री जितेका हुन्।मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाए। आज थारू, मधेसी, खसरआर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।

उनीहरुको समेत आजै नतिजा प्रकाशित हुने भएको छ ।खर्साय कोटाबाट किशोर सिह राठोर सहमहामन्त्रीमा निर्वाचित भएका छन् । सहमहामन्त्री राठोरले देवराज चालिसेलाई पराजित गरेका हुन् । उनले २५७६मत पाएका थिए भने चालिसेले २०५९ मत पाएका थिए । राठोर देउवा प्यानलवाट उम्मेदवार थिए भने चालिसे कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए ।

footer