kumari
stcnepal

आफ्नो प्रस्तावको पक्षमा ६३ मत आएपनि आफू र आफ्नो पक्षमा मतदान गर्नेहरूले लडाई जितेको अनुभव : कामचलाउ प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो प्रस्तावको पक्षमा ६३ मत आएपनि आफू र आफ्नो पक्षमा मतदान गर्नेहरूले लडाई जितेको अनुभव भएको बताएका छन् ।

काम चलाऊ प्रधानमन्त्रीको हैसियतमा पुगेपछि निजी निवास खुमलटार पुगेर स्थानीयलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ सरकार गठनका लागि अझैपनि प्रक्रिया पुरा नभएको बताए । उनले प्रतिनिधि सभामा आफ्नो प्रस्ताव अस्वीकृत भएपछि आफू काम चलाऊ प्रधानमन्त्री बनेको भन्दै संविधानको उपधारा २ वा ३ बारे प्रधानमन्त्री नियुक्त गर्नेबारे राष्ट्रपतिले उचित सल्लाह गरेर निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । उनले संसदमा आफूले पाँचौँ पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको भन्दै आज ६३ मत पाएपनि ६३ मतवाला लडाई जितेजस्ता भएको बताए । उनले जनताका एजेण्डाअनुसार अघि बढ्ने बताए ।

footer