kumari
stcnepal

एमाले र कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति भवन जाँदै

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति भवन शीतल निवास जाँदैछन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सवा ९ बजे एमाले-कांग्रेसका नेताहरू शीतल निवास पुग्‍ने तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।

कांग्रेस-एमालेले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छन् ।

footer