kumari
stcnepal

राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरूलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई प्रमाणीकरण गरेका छन् ।

footer