kumari
stcnepal

सोमबार संसदीय सुनुवाई समितिको बैठक बोलाईयो, निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानको बारेमा निर्णय हुने

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक यही साउन १४ गते सोमबारका लागि बोलाइएको छ । बिहान साढे ११ बजे सिंहदरबारमा समितिको बैठक बोलाइएको समिति सचिव एवं संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

सो बैठकमा निर्वाचन आयुक्तका लागि सिफारिस भएका निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने बारे निर्णय हुनेछ । गत साउन ९ गते प्रधानमाथि सिंहदरबारमा संसदीय सुनुवाइ भएको थियो । सो क्रममा उनले आफू निर्वाचन आयुक्तमा नियुक्त भएमा गर्ने कार्य योजनाहरू प्रस्तुत गरेका थिए भने सांसदहरूले उनीमाथि परेको उजुरी र आरोपबारे जिज्ञासा राखेका थिए ।

समितिले ‘उजुरी नम्बर ४’ नाम दिएकी महिलाले आफूलाई विगत ६ वर्षदेखि प्रधानले यौन शोषण गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन । यस्तै अन्य ३ जनाले पनि उनको विषयलाई लिएर उजुरी दिएका थिए । बुधबार बसेको बैठकमा सांसदहरूले उनले प्रस्तुत गरेको कार्ययोजना राम्रो भए पनि राज्यको उच्च तहको जिम्मेवारी दिनका लागि उच्च नैतिक चरित्रको आवश्यक पर्ने तर ‘उजुरी नम्बर ४’ले को उजुरी र पेस गरेको प्रमाणका आधारमा उनको नैतिकता कमजोर रहेको विषय उठाएका थिए ।

footer