kumari
stcnepal

पहिरोले हेटौंडा -काठमाडौं जोडने सडक अवरुद्ध

हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका दुई सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।

अविरल वर्षाका कारण पहिरो जाँदा कान्तिलोकपथ सडक र हेटौंडा-भैसे-भीमफेदी-काठमाडौं सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार कान्तिलोकपथअन्तर्गत भीमफेदी-८ को कालोपहिरो, बकैया-१२ को मानेघुम्ती, ठिंगनबजार, चौताराभिर र बकैया-११ को आहाले गाँउ, खोरभन्ज्याङमा पहिरो खसेको छ । सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरोध भएको र सडक खुलाउनको लागि सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन करिब तीन घण्टा लाग्नेसमेत प्रहरीले जनाएको छ ।

यसैगरी, गएराति हेटौंडा-भैसे-भीमफेदी-काठमाडौं सडकअन्तर्गत भीमफेदी-४ को रातोमाटेमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउनको लागि सडक विभागसँग समन्वय भइरहेको र पहिरो पन्छाउन करिब दुई घण्टा लाग्नेसमेत प्रहरीले जनाएको छ ।

footer