विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पहिरोले हेटौंडा -काठमाडौं जोडने सडक अवरुद्ध

650
shares

हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका दुई सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।

अविरल वर्षाका कारण पहिरो जाँदा कान्तिलोकपथ सडक र हेटौंडा-भैसे-भीमफेदी-काठमाडौं सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार कान्तिलोकपथअन्तर्गत भीमफेदी-८ को कालोपहिरो, बकैया-१२ को मानेघुम्ती, ठिंगनबजार, चौताराभिर र बकैया-११ को आहाले गाँउ, खोरभन्ज्याङमा पहिरो खसेको छ । सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरोध भएको र सडक खुलाउनको लागि सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन करिब तीन घण्टा लाग्नेसमेत प्रहरीले जनाएको छ ।

यसैगरी, गएराति हेटौंडा-भैसे-भीमफेदी-काठमाडौं सडकअन्तर्गत भीमफेदी-४ को रातोमाटेमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउनको लागि सडक विभागसँग समन्वय भइरहेको र पहिरो पन्छाउन करिब दुई घण्टा लाग्नेसमेत प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports